२९ माघ २०८१, बुधबार
12-02-2025 , Wed
×

‘दोषी’लाई भिसी बनाउन दौडधूप

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर २०, २०८०

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो ।

१५ दिनको म्याद राखेर गरिएको विज्ञापनअनुसार प्रतिष्ठानमा उपकुलपति (भिसी)का लागि आवेदन दिनेहरुमा डा. अंकुर सिंह र डा. रमेश प्रसाद सिंहलाई उपकुलपति बनाउने गरी मधेश सरकारका मुख्यमन्त्री, स्वास्थ्यमन्त्री तयारीमा जुटेका छन् । उपकुलपति नियुक्तिका लागि बनेको पाँच सदस्यीय समितिका एक सदस्य ल्याब डाइरेक्टर डा. श्रवण मिश्र विदेशमा रहेकाले समितिले भिसी सिफारिस गरिसकेको छैन । समितिमा मधेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह, स्वास्थ्य सचिव डा. प्रमोद यादव, डा. भरत साह, डा. नाथुराम चौधरी र डा. श्रवण मिश्र सदस्य छन् । भरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाका पूर्वभिसी हुन्, चौधरी नीति तथा योजना आयोगमा छन् । मन्त्री, सचिव र ल्याब डाइरेक्टर भइहाले ।

भिसी बन्ने दौडधूपमा रहेका दुई उम्मेदवार भने पूर्वाधार नै तयार नभएको अस्पताललाई अनुमति दिने सिफारिसकर्ता भएको भनेर विगतमा कारबाही सिफारिसमा परेका व्यक्ति हुन् । डाक्टर अंकुर सिंहले स्वास्थ्य मन्त्रालयबाट अनुमति नै नपाएको काठमाडौँको नेसनल अस्पतालको फाइल मिलाइरहेको अवस्थामा नेपाल मेडिकल मेडिकल काउन्सिलको सदस्य रहँदा दोषी पाइएका थिए । उनलाई मेडिकल काउन्सिलको सदस्य भएर अनुमति नभएको अस्पतालको कागजात मिलाउन लागेको भन्दै स्वास्थ्य मन्त्रालय र काउन्सिलमा कारबाही सिफारिस भएको थियो ।

यस्तै, अर्का डाक्टर रमेश प्रसाद सिंह पनि मापदण्ड नै नपुगेको देवदह मेडिकल कलेजलाई एमबिबिएस कार्यक्रम सुरु गर्न पूर्वाधार विनै सिफारिस गरेर दोषी ठहर भएका व्यक्ति हुन् । डा. गोविन्द केसी अनशन बस्दा बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले चिकित्सा शिक्षामा अनियमिततामा दोषी देखिएका ४३ जना डाक्टरलाई कारबाही सिफारिस गरेको थियो । त्यसमा डा.रमेश २२ नम्बरका र डा. अंकुर ३९ नम्बरका दोषी हुन् । उनीहरुसहित सबै डाक्टरलाई कारबाही सिफारिस भएको थियो । तिनै ४३ डाक्टरमध्ये दुई डाक्टर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसीका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

मधेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह डा. रमेशलाई भिसी बनाउन चाहन्छन् भने मुख्यमन्त्री सरोजकुमार यादव डा. अंकुरलाई भिसी बनाउन चाहन्छन् । डा. अंकुरलाई भिसी बनाउन अस्पताल उपकरण व्यवसायी विशाल पण्डितले काठमाडौँको बसेरा होटलमा मुख्यमन्त्री यादवसँग बसाइ गरिसकेका छन् । स्रोतका अनुसार, ५ करोड रुपैयाँसम्म खर्च गर्न अस्पताल उपकरण व्यवसायी तयार भएको भन्दै मुख्यमन्त्री भेटेर मन्त्रणा गरिएको हो ।

विगतमा दोषी देखिएकालाई भिसी बनाउने काममा मुख्यमन्त्री र मन्त्री नै विभाजित भएका छन् । दोषी अनुहार चैँ भिसी हुने भनेर शक्तिकेन्द्र धाउनेदेखि रकम बुझाउनेसम्ममा जोडिएका छन् । यसको निरन्तर फलो अप गरिरहनेछौँ ।-मधेशदृष्टिबाट लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]