१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

मधेश प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, मंसिर २१, २०८०

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकबाट सङ्घीयता तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमालेका सचेतक हरिनारायण महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव सर्व सम्मतिले बुधबार पारित भएको छ ।

सङ्घीयताको विपक्षमा आन्दोलन शुरु भएको बेलामा मधेश प्रदेश सभामा नेकपा एमालेबाट सङ्घीयता सहितको गणतन्त्र बलियो बनाउने विषयको सङ्कल्प प्रस्ताव सबै दल तथा प्रदेश सभाका सदस्यहरूको पूर्ण समर्थनमा सर्वसम्मतिले पास गरेको सभाको अध्यक्षता गर्नु भएको उपसभामुख बवित राउत ईशरले घोषणा गर्नु भएको छ ।

एमालेका सचेतक महतोले पेश गर्नु भएको सङ्कल्प प्रस्ताव माथि हुन्छ र हुन्न भने ध्वनि मतको आधारमा निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा हुन्छ भन्ने आवाज मात्र सुनिएकाले सर्वसम्मतिले पारित भएको प्रदेश सभाले जानकारी दिएको छ ।

यस अघि सङ्कल्प प्रस्तावको विषयमा धारणा राख्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि संविधानले प्रदान गरेको संवैधानिक अधिकारको कार्यान्वयनमा भइरहेको ढिलाईले सङ्घीयताको विपक्षमा आवाज उठाउने साहस भएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारसँग प्रहरी तथा निजामती कर्मचारी नभएका कारणले कतिपय कामकाज गर्नमा ढिलाइ भइरहेको बताउँदै प्रदेश सरकारलाई ३ हजार २ सय कर्मचारी आवश्यक भएपनि अहिले १ हजार ६ सय पनि नरहेको बताउनु भयो ।

मुख्यमन्त्री यादवले सङ्घीयता आएको ८ वर्ष र प्रदेश सरकार गठन भएको ६ वर्ष वित्दा पनि जनताले अपेक्षा अनुसारको काम देख्न नपाउनुमा विभिन्न व्यवधानहरू भएको बताउँदै प्रदेश सरकारले काम गर्न खोज्दा आफ्नो जग्गा, प्रशासन तथा प्रहरी नभएकाले गर्न नपाएको दाबी गर्नु भयो ।

उहाँले यातायात कार्यालयको चालक अनुमति पत्रमा हुने गरेको चलखेल नियन्त्रणका लागि पूर्ण रुपमा सेन्सर सहितको ट्रायल सेन्टर बनाउनका लागि मन्त्री सहित सचिवलाई अध्ययनका लागि भारत पठाएको बताउनु भयो ।

नेकपा एमालेका सचेतक महतोले पेश गरेको प्रस्तावको समर्थनमा नेपाली काँग्रेसका कुमरकान्त झा, जसपाका रामअशिष यादव, जनमतका संजय कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रानी शर्मा तिवारी, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर गोईत, नेकपा एमालेका राजकुमार लेखी, नेपाली काँग्रेसका जीवछी कुमारी यादव, जसपाका सरोज कुमार सिंह, स्वतन्त्र प्रदेश सभाका सदस्य अविरुद्ध प्रसाद सिंह सहितले समर्थन जनाउनु भएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]