१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम मधेशका १२ पालिकामा

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

जनकपुरधाम । मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम प्रारम्भ भएको छ । महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपमा महिला सबल बनाउने उद्देश्यले मधेश प्रदेशका १२ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने छ ।

युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोग एवं मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा यो कार्यक्रम महिलालाई लक्षित गरी अघि बढाइएको छ ।

मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुरगाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका गरी १२ वटा स्थानीय पालिकामा यो कार्यक्रम सन्चालन हुनेछ ।

कार्यक्रमको विहीबार जनकपुरमा उदघाटन गर्दै मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा कुमारी यादवले मधेशमा बढ्दै गएको महिला हिंसाको नियन्त्रण तथा महिला सशक्तीकरणमा यो कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

मधेश प्रदेशका खेलकुद तथा सामाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयाँलले मधेशमा शिक्षा कमजोर नभएको र शिक्षित नयाँ पुस्ता आएपछि महिला हिंसाका समस्या पनि नियन्त्रण हुँदै जाने आशा व्यक्त गरे ।

कार्यक्रममा युएन वमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया, युरोपियन युनियनका डेपुटी हेड अफ कोअपरेसन, ईलोईजा आस्टुडिलो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत करूणा आचार्य, मधेश प्रदेशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू र मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधिहरुले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तीकरण र मूल्य शृङ्खला प्रवर्द्धन र लैङ्गिक उत्तरदायी शासन तथा महिला प्रतिनिधिहरूको नेतृत्व विकास नै कार्यक्रमको मुख्य तीन प्राथमिकता रहेका छन् ।

युरोपियन युनियन र संयुक्त राष्ट्र संघीय निकाय स्रोतका अनुसार यो कार्यक्रम मधेश प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेश समेत गरी जम्मा ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]