२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

अधिवेशनको जिम्मेवारी पुरा नगर्नेहरु उम्मेदवार हुन नपाउने : जनमत पार्टी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको छ।

मंसिर १५ गतेदेखि जनमत पार्टीको वडादेखि प्रदेश समितिसम्मको अधिवेशन सुरु भएको छ।

पार्टीका सचिव बीपी साहले भने ‘पार्टीको वडा अधिवेशनमा पार्टी निर्देशिका अनुसार तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्ताहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन्। उहाँहरू कुनै तहको आम निर्वाचनमा पनि उम्मेदवार हुन अयोग्य हुन सक्ने निर्णय पार्टी सचिवालयले गरेको छ।’

जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकेको छ । माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ जिल्ला अधिवेशनको घोषणा गरिएको उनले जानकारी दिए । २०८१ बैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशनको कार्यक्रम रहेको सचिव साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]