२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

बाँके र बर्दियाका उद्योगी व्यवसायी आन्दोलित

Logo
सिराज खान प्रकाशित शुक्रबार, मंसिर २२, २०८०

नेपालगन्ज। बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्जमा आयोजना गरिएको वृहत भेला र अन्तरक्रियापछि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको संयोजकत्वमा एक हजार एघार सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले दिनुभएको जानकारी अनुसार संघर्ष समितिको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी रहनुभएको छ भने सदस्य सचिवमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट रहनुभएको छ । समितिको सचिवालय ४१ सदस्यीय छ ।

नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्नपरेका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बाँके र बर्दियाका १३ उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्का, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापा, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डे, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने, मधुवन उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा रिमाल, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, बारबर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष नमराज पौडेल, ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद आचार्य, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामी, राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगाना र व्यवसायिक सरोकार मञ्च बाँकेका अध्यक्ष देवानन्द अर्यालको सहभागिता थियो ।

गठन गरिएको संर्घष समितिमा दुवै जिल्लाका विभिन्न उद्योगी व्यवसायीहरुको संस्थाका अध्यक्ष र अगुवा उद्योगी व्यवसायीलाई समावेश गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाटले बताउनुभयो । उहाँले संघर्ष समितिका कर्णाली र सुदुरपश्चिमका उद्योगी व्यवसायीलाई पनि समेटिने योजना रहेको बताउनुभयो ।

अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी तथा खुला सिमानाको असरबाट उद्योगी व्यवसायीहरुले भोग्न परेका समस्या समाधान गराउन गरिने आन्दोलनका कार्यक्रम एकदुई दिनमै तय गरेर आन्दोलन शुरु गरिने समितिका संयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]