०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयद्वारा निवेदन माग

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर २३, २०८०

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ ।

शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सूचनामा सबै सेवा समूहका दसौं तहमा र प्रशासन सेवा, सामान्य प्रशासन समूह, विविध सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहका छैटौं र आठौँ तहमा स्तर वृद्धि हुने योग्यता पुगेका उम्मेदवारहरूले तीस दिनभित्र निवेदन दिन भनिएको छ ।

कर्मचारीले निवेदनका साथमा स्तर वृद्धि हुने तहभन्दा एक तह मुनिको पदमा तीन वर्ष सेवा अवधि पुगेको प्रमाण खुल्ने कागजात (नियुक्ति पत्र, समायोजन पत्र तथा पदस्थापन पत्रको प्रमाणित प्रतिलिपि), कम्तीमा तीस कार्य दिनको सेवासँग सम्बन्धित विषयमा सेवाकालीन तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (स्वास्थ्य सेवा बाहेक), पछिल्लो तीन आर्थिक वर्षामा कार्यरत रहेको कार्यालयको नाम र ठेगाना खुल्ने कागजात बुझाउनु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]