०३ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
×

कर्मचारीको स्तर वृद्धिका लागि मुख्यमन्त्री कार्यालयद्वारा निवेदन माग

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर २३, २०८०

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ ।

शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी सूचनामा सबै सेवा समूहका दसौं तहमा र प्रशासन सेवा, सामान्य प्रशासन समूह, विविध सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहका छैटौं र आठौँ तहमा स्तर वृद्धि हुने योग्यता पुगेका उम्मेदवारहरूले तीस दिनभित्र निवेदन दिन भनिएको छ ।

कर्मचारीले निवेदनका साथमा स्तर वृद्धि हुने तहभन्दा एक तह मुनिको पदमा तीन वर्ष सेवा अवधि पुगेको प्रमाण खुल्ने कागजात (नियुक्ति पत्र, समायोजन पत्र तथा पदस्थापन पत्रको प्रमाणित प्रतिलिपि), कम्तीमा तीस कार्य दिनको सेवासँग सम्बन्धित विषयमा सेवाकालीन तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (स्वास्थ्य सेवा बाहेक), पछिल्लो तीन आर्थिक वर्षामा कार्यरत रहेको कार्यालयको नाम र ठेगाना खुल्ने कागजात बुझाउनु पर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]