०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

मिर्गौला पीडितलाई गल्फ सेवा समाजको आर्थिक सहयोग

Logo
न्यूज मधेश प्रकाशित शनिबार, मंसिर २३, २०८०

जनकपुरधाम ।धनुषाको नगराइन नगरपालिका-७ का फिरोज नदाफ(हाफिस)लाई बचाउन गल्फ सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरिएको छ।

नदाफलाई भारतमा अध्ययन गरिरहेको बेला उनको एउटा मिर्गौला फेल भएका थिए।उनको उपचारका लागि आर्थिक अभाव भएपछि कतारमा रहेका युवाहरुले गल्फ सेवा समाज संस्था नेपालको माध्यमले पीडित आर्थिक सहयोग प्रदान गरेको हो ।

गल्फ सेवा समाज संस्था नेपालको अगुवाइमा कतारमा वैदेशिक रोजगारमा रहेका युवाहरुले संकलन गरि २० हजार रुपैयाँ संस्थाका स्थानीय प्रतिनिधिमार्फत पीडितलाई हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष जमशेद राईनले जानकारी दिएको छ।

यो संस्थाले करिब ३ वर्षदेखि अपांग ,अग्नि पीडित ,करिब,आर्थिक अभावका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको संस्थापक अध्यक्ष राईनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]