०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

ठगी आरोपमा वडासदस्यसहित चार पक्राउ

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर २४, २०८०

काठमाडौं । ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

आरोपीहरूले फेवाताल किनारको फुट–ट्र्याकमा फोटोग्राफी व्यवसाय गर्ने व्यवस्था मिलाइदिन्छु भन्दै १५ जनाबाट प्रतिव्यक्ति १३ हजार रुपैयाँ लिएको भनी पीडितहरूले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]