०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जनकपुरधाममा मंगलबारदेखि विद्यालय स्त्तरीय प्रतियोगिता

Logo
न्यूज मधेश प्रकाशित आइतबार, मंसिर २४, २०८०

जनकपुरधाम । जनकपुरधाममा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाले विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता गर्न लागेको हो ।

जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको प्रतियोगिता मंशिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरधाम १४ रजौलस्थित रामजानकी अन्तराष्ट्रिय रगशालामा हुने प्यावसनका जिल्ला अध्यक्ष तथा क्रिकेट संघका सचिव आशिष झाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगिता ‘रनिङ कप’ भएपनि कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित भएको थियो । यस वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाएको छ ।

यस प्रतियोगिताले स्थानीय स्त्तरबाट खेलाडी उत्पादन हुने उनले विश्वास जनाए । ‘प्रतियोगिताबाट प्रतिभावन खेलाडीको टिम बनाएर प्रशिक्षण दिने छौं,’उनले भने,‘राम्रा १५ खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति पनि दिने तयारी छ ।’

आइसीसी मान्यता अनुसार प्रतियोगिता हुने अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादवले बताए । उनका अनुसार प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन् । प्रतियोगिता विजेता र उपविजेता टिमको लागि आकर्षक कप र प्रमाणपत्र दिनेछन् ।

जनकपुरधाममा पछिल्लो समय क्रिकेट क्रेज बढेको छ । नियमित खेलकुदको गतिविधिहरु भइरहेको छ । हालै पोखरामा भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको छ । देशमा संघीयता आएपछि पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]