१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

प्रथम छोरी जनमाउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप ३ हजार रकम हस्तान्तरण

Logo
प्रकाशित बुधबार, भाद्र २५, २०७६

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ ।

गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५—०७६ को वार्षिक वजेट नीति तथा कार्यक्रममा प्रोत्साहन रकम दिने निर्णय भएको थियो । आमालाई संरक्षण छोरीलाई उच्च शिक्षाका लागि नारीलाई सक्षम बनाउन यो अभियान थालिएको उपमेयर ईन्दिरा कार्कीले बताईन् ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तीमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]