२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

Logo
मनोज कुमार मोरबैता प्रकाशित आइतबार, मंसिर २४, २०८०

जनकपुरधाम । संघीय मामिला तथा सामान्य मन्त्रालयले धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । दुबै अधिकृत आइतबार आ-आफ्नो पालिकामा हाजिर भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै गृह जिल्लाको दुई पालिकामा नयाँ अधिकृत पठाएपछि मन्त्री साह र जनमत पार्टीको प्रशंसा स्थानीयहरुले गरिरहेका छ्न ।

मन्त्रालयले आइतबार सिकिन्द्र प्रसाद साहलाई विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनलाई आइतबार नै मेयर बेचन दासले हाजिर गराएका हुन् ।

उक्त नगरपालिकामा विगत लामो समयदेखि ईन्जिनियर संजिव कुमार साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । ईन्जिनियर साहको आजबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको छ ।

त्यसैगरी सर्वजित कुमार झालाई जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयले पठाएको छ ।झालाई जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गमछा लगाउदै स्वागत गरेका हुन ।

यो पालिकामा पनि स्वास्थ्यका कर्मचारी अयोधी दासले पनि करिब ५ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्दै आइरहेका थिए ।उनलाई पनि निमित्त अधिकृतको जिम्मेवारीबाट हटाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]