२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

युवकमाथि दशगजा क्षेत्रमा गोली प्रहार

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर २५, २०८०

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ ।

घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ ।

उनी खाद्यसामग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रञ्जनकुमार दाहालले बताए ।

रेल्वे स्टेसनतिर समूहमा रहेका ६ युवासँग जम्काभेट भएको र सोही क्रममा वादविवाद हुँदा आफूमाथि गोली प्रहार गरिएको संग्रौलाले बताएका छन् ।

कोसी अस्पतालका मेडिकल अफिसर डा. तुलसी गोइतले संग्रौलाको तिघ्रामा गोलीजस्तो वस्तु एक्सरेका क्रममा देखिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]