२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

रौतहटको विभिन्न नाकाबाट तस्करी हुँदै , चौकीका इन्चार्ज लाइन दिए तस्करलाई

Logo
अमित ठाकुर प्रकाशित सोमबार, मंसिर २५, २०८०

रौतहट । रौतहट संग साटिएको भारतीय सिमानाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ ।

भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको गौरका स्थानीय ब्यपारीहरुको जन-गुनासो बढ्दै गएको हो।

पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने गरेको अहिले पनि कायमै रहेको बुझिएको हो । स्थानीय बासिन्दाको अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरूलाई तस्करीको लागि लाइन खोलेको स्रोतको भनाई छ ।रौतहटको राजपुरमा प्रत्येक हप्ताको दुईदिन सयौंको संख्यामा राङ्गा कहाँबाट आउँछन् ? भने रौतहटकै पश्चिमी नाका रामपुर खापबाट शेख नुरसैदले चिनी,रजनिगंधा र नेपालमा प्रतिबन्धित सागर दुधको तस्करी गर्ने गर्दछन् भने शेख असरफ भारतीय अौषधी, चिनी, र राजनिवास कुट्काको तस्करी गर्ने गर्छन् ।

बरकत मंसुरी, शेख लम्बु, कान्छा भन्ने ब्यक्तिले तस्करीको मामिलामा मधेस प्रदेशमै प्रचलीत रहेको र नुन देखि सुनसम्मको कारोबार गर्ने गरेको स्थानीयले बताएका छन्। भने ज्याउल मंसुरी र शेख इन्ताजुल दुवै जना रौतहटकै मोतीपुर नाकाबाट राङ्गा,भैंसी गोरु र कपडाको तस्करी गर्ने गर्दछन्।

रौतहटको पश्चिमी नाका जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुल्याम तस्करी गरिरहेको नाम नखोल्ने सर्तमा बताएका छन। भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सपलाई गर्ने गर्छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन ।

मासिक लाखौं अवैध रकम लिई सिभिल टोली र चौकी ईन्चार्जले लाइन दिई ईन्चार्जले सिमावती एरियाको प्रहरी चौकीमा बस्न पहिला चलखेल गर्ने र कुराकानी मिलेसी मात्र चौकी जाने यो रौतहटको अहिलेको होइन पुरानै रवैया रहेको नाम लेख्ने सर्तमा बिशेष सुत्रले जनाएको हो । यो  खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीयले प्रशन उठाएका छन् ।

तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ । सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]