३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

रौतहटको विभिन्न नाकाबाट तस्करी हुँदै , चौकीका इन्चार्ज लाइन दिए तस्करलाई

Logo
अमित ठाकुर प्रकाशित सोमबार, मंसिर २५, २०८०

रौतहट । रौतहट संग साटिएको भारतीय सिमानाकाबाट तस्करी हुन थालेको जन–गुनासो बढ्दै गएको छ ।

भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न चोर नाकाबाट तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको गौरका स्थानीय ब्यपारीहरुको जन-गुनासो बढ्दै गएको हो।

पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने गरेको अहिले पनि कायमै रहेको बुझिएको हो । स्थानीय बासिन्दाको अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरूलाई तस्करीको लागि लाइन खोलेको स्रोतको भनाई छ ।रौतहटको राजपुरमा प्रत्येक हप्ताको दुईदिन सयौंको संख्यामा राङ्गा कहाँबाट आउँछन् ? भने रौतहटकै पश्चिमी नाका रामपुर खापबाट शेख नुरसैदले चिनी,रजनिगंधा र नेपालमा प्रतिबन्धित सागर दुधको तस्करी गर्ने गर्दछन् भने शेख असरफ भारतीय अौषधी, चिनी, र राजनिवास कुट्काको तस्करी गर्ने गर्छन् ।

बरकत मंसुरी, शेख लम्बु, कान्छा भन्ने ब्यक्तिले तस्करीको मामिलामा मधेस प्रदेशमै प्रचलीत रहेको र नुन देखि सुनसम्मको कारोबार गर्ने गरेको स्थानीयले बताएका छन्। भने ज्याउल मंसुरी र शेख इन्ताजुल दुवै जना रौतहटकै मोतीपुर नाकाबाट राङ्गा,भैंसी गोरु र कपडाको तस्करी गर्ने गर्दछन्।

रौतहटको पश्चिमी नाका जितेन्द्र साहले रुपैयाँको हुण्डी र प्रतिबन्धित अौषधीको खुल्याम तस्करी गरिरहेको नाम नखोल्ने सर्तमा बताएका छन। भने बंकुल नाकाबाट भारतीय तोरीको पिना ट्रक कै ट्रक तस्करी गरि मधेस प्रदेशको ८ अोटै जिल्लामा नेपाली बिलबिजक बनाई सपलाई गर्ने गर्छन्। भारतको बिहार सरकारले रक्सी उत्पादन र विक्रीमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा नेपालवाट सुरक्षाकर्मीको संरक्षणमा शौफी नामक रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य भइरहेका छन ।

मासिक लाखौं अवैध रकम लिई सिभिल टोली र चौकी ईन्चार्जले लाइन दिई ईन्चार्जले सिमावती एरियाको प्रहरी चौकीमा बस्न पहिला चलखेल गर्ने र कुराकानी मिलेसी मात्र चौकी जाने यो रौतहटको अहिलेको होइन पुरानै रवैया रहेको नाम लेख्ने सर्तमा बिशेष सुत्रले जनाएको हो । यो  खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो।यस विषय प्रति सम्बन्धी निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीयले प्रशन उठाएका छन् ।

तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व सङ्कलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भूमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ । सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेकट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]