०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

देशकै पहिलो टिबी फ्री पालिका बन्ने होडमा हरिवन नगरपालिका

Logo
सोम दियाली प्रकाशित सोमबार, मंसिर २५, २०८०

सर्लाही। स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशमै पहिलो स्थान हासिल गरेको सर्लाहीको हरिवन नगरपालिका यतिबेला देशकै पहिलो टिबी फ्री पालिका बन्ने होडमा छ ।

नगरपालिकालाई पहिलो टिबी फ्रि पालिका बनाउने उदेश्यले यहाँ टिबी सम्बन्धी विभिन्न कार्यक्रमहरुलाई तिब्रता दिइएको छ।सोही अभियान अन्तर्गत सोमबारबाट शंकास्पद टिबी अर्थात क्षयरोगीहरुको स्क्रीनिङ्ग क्याम्प समेत सञ्चालन गर्न थालिएको छ ।

हरिवन नगरपालिका-१ स्थित भोक्टेनी आधारभूत स्वास्थ्य केन्द्रबाट शुरु गरिएको क्याम्प मंसिर ३० गतेसम्म नगरका विभिन्न वडाहरुमा सञ्चालन गरिने नगर स्वास्थ्य शाखा हरिवनले जनाएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय र बागमती सेवा समाजको समेत समन्वयमा सुरु गरिएको स्क्रीनिङ्ग क्याम्पको वडा अध्यक्ष टम बहादुर घिसिङको अध्यक्षतामा नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले शंकास्पद विरामीलाई पूर्जा वितरण गरेर उद्घाटन गर्नुभएको छ ।

क्याम्पको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख मेयर बुढाथोकीले हरिवन नगरपालिकालाई टिबी फ्रि पालिका बनाउने उदेश्यले गाउँगाउँबाट क्षयरोगी पत्ता लगाउन क्याम्प शुरु गरिएको बताउनुभयो । उहाँले लुकेर रहेरका रोगीहरु पत्ता लगाएर उपचारको दायरामा ल्याउन सके नगरपालिका छिट्टै टिबी फ्रि पालिका बन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले पहिलो चरणमा बढी केश देखिएका वडाहरुमा क्याम्प सञ्चालन गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले नगरका सबै वडामा क्याम्प सञ्चालन गरी क्षयरोगीहरुको खोजपड्ताल गरिने बताउनुहुँदै अहिलेलाई क्षयरोगको जोखिम बढी भएका वडाहरुमा क्याम्प सञ्चालन गरिएको बताउनुभयो ।

त्यस्तै नगर क्षयरोग अधिकृत रोशनी घतानीले नगरपालिकालाई टिबी फ्रि पालिका बनाउन स्क्रिनिङ्ग क्याम्पसहितका विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो । उहाँले मानिसहरुमा अझै पनि क्षयरोग लुकाउनु हुँदैन भन्ने चेत आई नसकेकोले क्षयरोगीको खोजपड्तालमा चुनौती हुने गरेको बताउनुभयो ।

क्याम्पस शुभारम्भ कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ट अधिकृत राजबीर यादव, जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका क्षयकुष्ट अधिकृत बलिराम यादव लगायत स्वास्थ्यकर्मीहरु र स्थानीयको सहभागिता रहेको थियो ।

क्षयरोग ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने संक्रामक रोग हो । समयमै जाँच गराई नियमित औषधी खाए क्षयरोग निको हुने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]