२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

मन्त्री सिंहद्वारा बारामा यातायात कार्यलयको उद्घाटन

Logo
न्यूज मधेश प्रकाशित सोमबार, मंसिर २५, २०८०

बारा । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले आज बारामा यातायात ब्यवस्था कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री सिंहले जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा स्थापना गरेको कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्षको लागि बनाउन कानुन बनाउन लागेको उनले बताए ।

उनले ब्लुबुक पनि सधैं लागि एकै पटक रिनिवल हुने नेपालमा ब्यवस्था लागू गर्न पहल गरिरहेको मन्त्री सिंहले भने । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हुलाकी राजमार्गमा मधेश परिवहन बस चलाउने योजनासमेत रहेको मन्त्री सिंह्ले बताए ।

मधेसको लाईफ लाईन हुलाकी राजमार्ग को लागि छिटै मधेस परिवहन बिधेक लग्ने मन्त्री सिंहले बताएका छन । यातायात ब्यवस्था कार्यालयको सबै कार्य अनलाइन गरिने मन्त्री सिंहले जनाए ।

यसभन्दा अगाडि सर्लाहीको मलंगवामा समेत यातायात व्यवस्था कार्यलय संचालनमा ल्याएको मन्त्री सिंहले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]