३१ बैशाख २०८३, शुक्रबार
15-05-2026 , Fri
×

जनकपुरधाममा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाइँदै (तस्बिरहरू)

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, मंसिर २६, २०८०

जनकपुरधाम।सिताराम विवाह महोत्सव अर्थात विवाह पंञ्चमीको अवसरमा जनकपुरमा पहिलोपटक अन्नबाट ११ हजार ११ स्क्वायर फिटको प्रतिमा (मूर्ति) बनाउन लागेका छन् ।

जनकपुरधामको बाह्रबिघा मैदानमा अन्नको प्रयोगले ११ हजार ११ स्क्वायर फिटको मुर्ति बनाउन लागिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का शितल साहले जानकारी दिए ।

उनका अनुसार मंसिर २४ गते बाह्रबिघाको उत्तर पूर्व कुनामा अन्नको मुर्ति बनाउन थालिएको हो । मुर्ति तयारी गर्न अझै दुईतीन लाग्न सक्छ । जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वभर चिनाउन र कीर्तिमान कायम गर्न अन्नको मूर्ति बनाउन लागिएको अध्यक्ष साहले बताए ।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्ति बनाएर विश्व रेकर्ड बनाइएको थियो । जनकपुरमा ११ हजार ११ स्क्वायर फिट मुर्ति बन्नेसँगै विश्वमै सबै भन्दा ठुलो अन्नको मुर्ति बनाउने कीर्तिमान जनकपुरको नाममा हुनेछ ।

मुर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन् ।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भने । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ ।’

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष,उद्योग वाणिज्य सङ्घ र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ ।

साताव्यापी मनाउने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि सुरु भएको छ पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ ।

छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम भएपछि विवाह पंञ्चमी सम्पन्न हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]