एजेन्सी : कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि तैनाथ भारतीय एक सैनिक अधिकृत वेपत्ता छन् ।
भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल गौरव सोलन्की ६ दिनदेखि वेपत्ता भएका हुन् । गत शनिबार दिउसोदेखि किबु लेकमा कायाकिङ गर्न गएका गौरव त्यहीँबाट सम्पर्क विहीन भएको भारतीय मिडियाले जनाएका छन् ।
भारतीय सेनाको टोली सहित कंगोमा गौरवको खोजी गरिएको बताइएको छ ।साभार: अन्नपूर्णापोष्ट