०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मालपोत कार्यालय क्षिरेश्वरनाथमा राख्‍न माग गर्दै ज्ञापनपत्र

Logo
न्यूज मधेश प्रकाशित बुधबार, मंसिर २७, २०८०

जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै मेयर सुखदेव यादवले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएको छ।

लामो समयदेखि क्षिरेश्वरनाथ नगरपालिाका, महेन्द्रनगरमा मालपोत कार्यालयको शाखा स्थापना नहुदा ग्रामीण भेग सेवाग्राहीहरु मर्कामा परेको भन्दै तत्काल यहाँ कार्यालय स्थापना गर्न माँग गर्दै मेयर यादवले धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो ।

क्षिरेश्वरनाथ नगरपालिकाको पूर्वमा मिथिला विहारी र धनुषाधाम नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका तथा दक्षिणमा लक्ष्मिनियाँ गाउँपालिका रहेको हुँदा मध्य विन्दु महेन्द्रनगर रहेकोले आउन जान यातायातको समेत सुविधा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

क्षिरेश्वरनाथमा मालपोतको शाखा कार्यालय स्थापना भएमा ती पालिकाहरु र यस नगरपालिकाका बासिन्दाहरुलाई मालपोत सम्बन्धि कामकाजको लागि आवत जावत गर्दा आर्थिक तथा समय समेत बचत हुनेछ । तर मालपोत कार्यालय धनुषाको शाखा मिथिला नगरपालिकाको ढल्केवरमा स्थापना गर्ने भनी हाल गरिएको निर्णय प्रति आप्mनो असहमति रहेको मेयर यादवले बताए । यद्यपी, मालपोत कार्यालयको शाखा ढल्केवरमा स्थापना भएमा क्षिरेश्वरनाथ नगरपालिकाको मालपोत सम्बन्धी कामकाज मालपोत कार्यालय जनकपुरधामबाट नै हुने गरी व्यवस्था मिलाउन मेयर यादवले मांग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]