२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

सिरहामा खाना बनाउन गएकी १४ वर्षीय बालिकालाई शिक्षकले गरे बलात्कार

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ बजारस्थित एक बोर्डिङ स्कूलको होस्टेलमा एक बालिकालाई शिक्षकले बलात्कार गरेका छन् ।

रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने एक महिलाकी १४ वर्षीया छोरीलाई बिहीबार मध्यराति शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् । उनी आमालाई पालो दिन होस्टलमा भात पकाउन गएकी थिइन् । घटनापछि शिक्षक यादव भागेका छन् ।

बालिकाले राति नै आमालाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् । आज एकाबिहानै उनकी आमा स्कूल पुग्दा शिक्षक यादव फरार भइसकेका थिए ।

स्कूलका सञ्चालक सञ्जय यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बताइएको छ ।

सञ्चालकको दबाबको बाबजुद पीडितकी दिदीले भनिन्, ‘शिक्षकले ठूलो अपराध गरेका छन् ‌। म न्यायका लागि लड्छु । कसैको दबाबमा पर्दैनौं ।’

पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन् । घरमा कामले फूर्सद् नभएपछि आमाले नै उनलाई स्कूलको होस्टलमा गएर एक दिनका लागि खाना पकाइदिन पठाएकी थिइन् ।

बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका छन् । घटनापछि स्कूल सञ्चालकले नै शिक्षकलाई भगाएको बालिकाको आफन्तको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]