२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

राजविराजमा चरम अनियमितता भएको आशंकामा अख्तियारले थाल्यो छानबिन

Logo
सौरभ यादव प्रकाशित सोमबार, पुष ०२, २०८०

राजविराज । सप्तरीको राजविराज नगरपालिकामा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन थालेको छ।

गत वर्ष पालिकामा सञ्चालित अधिकांश विकास आयोजना तथा सामाजिक शाखातर्फको कार्यक्रममा चरम आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको हो।

नगरपालिका कर्मचारी स्रोतका अनुसार आर्थिक अनियमितताको आशंकामा अख्तियारले छानबिन थाल्दै नगरपालिकामा चार दर्जनभन्दा बढी पत्र पठाएको छ।

‘नगरपालिकामा सञ्चालित विकास तथा सामाजिक शाखातर्फको अधिकांश योजनामा आर्थिक अनियमितता भएको आशंका गरिएको छ,’ स्रोतले भन्यो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको चार दर्जनभन्दा बढी पत्र कार्यालयमा आएको छ।’

नगरपालिकामा सञ्चालित सडक बोर्ड, वडास्तरीय र नगरस्तरीय योजना, प्रदेश तथा संघीय अनुदान, सामाजिक शाखातर्फको कार्यक्रम, तालिम, गोष्ठीहरूमा चरम आर्थिक अनियमितता भएको स्थानीयहरूले आरोप लगाउँदै आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका एक कर्मचारीले छानबिन भइरहेको बताए। उनले भने, ‘आयोगमा राजविराज नगरपालिकाको उजुरी बढेको छ,’ उनले भने, ‘छानबिन गर्नु नियमित प्रक्रिया हो, छानबिन भइरहेको छ।’

यता, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङले अख्तियारको छानबिन सन्दर्भमा केही भन्न नमिल्ने बताएका छन्। उनले भने, ‘अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय हो, यसको सन्दर्भमा के भएको, भइरहेको भन्न मिल्दैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]