१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

स्थानीय तहमा छुट्टयाइएको कृषि बजेट माग

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा छुट्टयाइएको कृषि तर्फको बजेट माग गरेको छ।

सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म कृषि क्षेत्रतर्फ बिनियोजित बजेट माग गरेको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयले सामान्यलाई परिपत्र गरेर बजेट विवरण उपलब्ध गराइदिन अनुरोध गरेपछि सामान्यले स्थानीय तहहरुमा परिपत्र गरेको हो ।

स्थानीय तहमा कृषि क्षेत्रमा लगानी भएको बजेट तथा लगानीको विश्लेषण गर्ने उद्देश्यले कृषि मन्त्रालयले बजेट विवरण माग गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]