२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि लिएर जनताको घरघरमा अध्यक्ष खेमचन्द्र यादव

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

जनकपुरधाम। सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफु निर्वाचनहुन पूर्व गरेका बाचाहरु पुरा गर्न सुरु गरेका छन् ।

गत मंगलबारबाट गाउँपालिकाको नागरिकहरुको लागि अध्यक्ष स्वास्थ्य कार्यक्रमको घोषणा संगै स्थानिय नागरिकहरुको आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि वितरण गर्न सुरु गरेको हो।

गाउँपालिकाको वडा नम्बर १ मल्हनियाबाट सुरु गरेको अभियान गाउँपालिकाको सबै वडा वडा सम्म पुग्ने अध्यक्ष यादवको तयारी छ ।स्वास्थ्य नागरिकको नैसर्घिक अधिकार भएकाले यसलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने अध्यक्ष यादवको भनाई छ ।

अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, दिर्घरोगी र अपाङगता भएकाहरुका लागि कार्यक्रमको सुरुवात गरेको बताए । यो अभियान अन्तर्गत गाउँपालिकाको १५ हजार जनताले प्रत्यक्ष स्वस्थ्य सेवाको लाभ लिने अध्यक्ष यादवले दाबी गरेका छन् ।

खेमचन्द्र यादव डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]