०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि लिएर जनताको घरघरमा अध्यक्ष खेमचन्द्र यादव

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

जनकपुरधाम। सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफु निर्वाचनहुन पूर्व गरेका बाचाहरु पुरा गर्न सुरु गरेका छन् ।

गत मंगलबारबाट गाउँपालिकाको नागरिकहरुको लागि अध्यक्ष स्वास्थ्य कार्यक्रमको घोषणा संगै स्थानिय नागरिकहरुको आफै स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि वितरण गर्न सुरु गरेको हो।

गाउँपालिकाको वडा नम्बर १ मल्हनियाबाट सुरु गरेको अभियान गाउँपालिकाको सबै वडा वडा सम्म पुग्ने अध्यक्ष यादवको तयारी छ ।स्वास्थ्य नागरिकको नैसर्घिक अधिकार भएकाले यसलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने अध्यक्ष यादवको भनाई छ ।

अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, दिर्घरोगी र अपाङगता भएकाहरुका लागि कार्यक्रमको सुरुवात गरेको बताए । यो अभियान अन्तर्गत गाउँपालिकाको १५ हजार जनताले प्रत्यक्ष स्वस्थ्य सेवाको लाभ लिने अध्यक्ष यादवले दाबी गरेका छन् ।

खेमचन्द्र यादव डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ। हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे। लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट […]

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]