२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

मधेशी समुदायसंग विभेद गरेको लोकसेवा आयोगको कर्मचारीमाथी कार्वाहीको माग गर्दै : नेता अरगरिया

Logo
प्रकाशित बिहिबार, भाद्र २६, २०७६

जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय सदनमा वर्तमान सरकारले लोकसेवा आयोगमाथी नियन्त्रण गर्न प्रयास गरेर मधेशीसंग विभेद गरेको बताए।

विहिबार प्रतिनिधिसभाको बैठकमा नेता अरगरियाले मधेशी तथा अन्य समुदायसँग विभेद गरेको भन्दै लोकसेवाका कर्मचारीहरु उपर कारवाहीको माग गरेका हुन।संविधान विपरित रहेको लोकसेवा आयोगको विज्ञापनलाई खारेजीको माग सहित सँसदबाट समेत विज्ञापन रद्दको लागि निर्णय गरिएपनि लोकसेवाले बलजफ्ती रुपमा परीक्षा सँचालन गरेको भन्दै ।उनले भने, ‘गाउँस्तरका समुदायिक विद्यालयमा कक्षा ५ सम्म पढने विद्यार्थीलाई अँग्रेजी बोल्न आउँदैन, यहाँसम्म की कक्षा ५ मा पढाउने शिक्षक शिक्षिका पनि धेरै यस्ता छन जसलाई अँग्रेजी राम्ररी आउँदैन, गरिब र मध्यमवर्गी परिवारले प्राइभेट स्कूलमा पढाउने क्षमता छैन ? सबैले काठमान्डौका ठुलठुला स्कूलमा पढाउन सक्ने क्षमता छैन तर पनि आरक्षणको दम्भमा मधेशी, थारु, आदिवासी जनजातीहरुले लडेर लोकसेवा पास गर्ने मौक पनि वर्तमान सरकारले खोसे । यो सरकार लोकसेवा आयोगलाई आफ्नो भातृ संगठनको रुपमा बनाउन खोजिएको छ ?’
कैयौं पटक साँसद भवनमा लोकसेवा आयोगको विज्ञापन विरुद्ध बोल्दै आएका नेता अरगरियाले राष्ट्रसेवक कर्मचारी भएर संविधान विपरितको विज्ञापन प्रकाशित गरी परीक्षा समेत सँचालन गरेपनि कुनै कारवाही नगरिएको भन्दै खेद प्रकट गरे । उनले भने, ‘यस्ता कर्मचारीलाई कारवाही गर्ने की नगर्ने ? आरक्षण खाएका ती कर्मचारीलाई कारवाही हुनैपर्छ । यो सरकारले मधेशी, आदीवासी, थारु समुदायहरुसँग विभेद गरेकै हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]