२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सर्लाहीका उखु किसान सडकमै सुतेर गरे विरोध

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

सर्लाही । तत्काल उखुको मूल्य कायमसहित विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान सोमबार पूर्व– पश्चिम राजमार्गमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् ।

विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीलगायतका किसान अगुवाहरूको उपस्थिति थियो । सोमबार दिउँसो २ बजेदेखि आधा घण्टा राजमार्गमा सुतेर विरोध प्रदर्शनको कार्यक्रम गरिएको मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

नेपाल उखु उत्पादक महासङ्घ, मिलगेट उखु उत्पादक समिति, किसान हकहित संरक्षण समिति लगायत उखु किसान सम्बद्ध सङ्घ–सङ्गठनको संयुक्त आयोजनामा केही दिनदेखि हरिवनमा विरोध प्रदर्शन भइरहेको छ ।

सरकारले उखु किसानको गत वर्षको बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्ने पहल गरे पनि सर्लाहीका उखु किसानले आन्दोलनलाई निरन्तरता दिएका छन् । किसानको खातामा रकम नआउन्जेल र यो सिजनका लागि मूल्य कायम नहुन्जेल आन्दोलन जारी रहने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

यसैबीच उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्याशी समेत रहेका इस्तिहारले सोमबार बिहान साँढे ११ बजेबाट इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]