०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

जनमत नेताको पहलमा सामुदायिक विद्यालयमा खानेपानी फिल्टर जडान

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष ०३, २०८०

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ मा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ ।

जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो ।

फिल्टर जडान भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध खानेपानीको आपूर्ति सहज हुनेछ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानको विशेष पहलमा यो कार्य भएको नेता साहले बताए ।

यस्ता कामहरू स्थानीय सरकारले गर्नुपर्ने भएपनि चासो नलिएपछि नेता साहले यसका लागि पहल गरेका थिए । जनमत पार्टीले श्रोतसाधनको अभावका बावजुद पनि सकेसम्मको प्रयास गरी गरिरहेको जनमुखी कामको जनताले प्रशंसा गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]