११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

बारामा बस दुर्घटना, ३ जनाको मृत्यु

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

बारा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक हेटौँडा ३ बसामाडीका हरिशम्सेर सुयाल थापा, तनहुँका २८ वर्षीय पूर्ण गुरुङ,र एक जना पहिचान नखुलेको व्यक्ति रहेका छन् ।

दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]