०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन नगरवासीसंग महासेठको अपिल

Logo
न्यूज मधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन चारदिन भित्रै जनकपुरधाममा निमार्ण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।

उनले समाजीक संजालमा आईरहेको विभिन्न किसीमको प्रतिक्रियाको जवाफ दिदै तीनचार दिन भित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

उनले समाजीक संजाल माफर्तनै विज्ञप्ती जारी गर्दै केही आत्मरती निजि प्रयोजन प्राप्तीको कुन्ठा राख्ने बर्गदेखी हामी सचेत रहन आग्रह गर्दै जुन अभिप्रायले प्रतिमा निमार्ण गरियो त्यो अवश्यनै पुरा हुने बताए ।

उनले लेखेका छन् :जनकपुरधामले यसपालि फरक किसिमले आत्मियता देखायो फरक किसिमले आफ्नो इतिहास आफ्नो स्वाभिमान आफ्नो परिचयलाइ बिश्वजगतमा फैलायो ईतिहास रच्यो हामी केवल वहाहरुको साथमा साथ यो यात्रामा कदम नडगमगाइ अगाडी बढयौ र रामजानकी प्रतिमाले बिश्वरेकर्ड बनाउनेमा यहाहरु ढुक्क हुनुहुन अनुरोध छ तिनचार दिनभित्र यो प्रकाशन गरिने जानकारी अनुरोध समेत छ ।

अध्यक्ष महासेठले यसबाट कुण्ठित भएका केहि व्यक्तिले सामाजिक सन्जालमा अनर्गल प्रचारप्रसार गर्नुलाइ अन्यथा नलिएको बताउदै काम गरेको हरेक चीज जनताको विचमा राख्ने प्रतिवद्धता समेत जनाएका छन् ।

महासेठले प्रयोग गरिएको अन्नको संरक्षण गर्ने दायित्व सरोकारवालाले नै लिएको र यसमा साथ सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नामावली रकम अन्नको यकिन परिमाण त्यहा चढाइएको जिन्सी लगायत सबैको फेहरिस्त रहेको त्यो सबै सार्वजनिक गरिने बताएका छन् ।

उनले जनकपुरधामको परिचयमा नया अध्याय थपिन गइरहेकोमा यस अभियानमा साथ दिने सम्पुर्ण नगरवासीका साथै सम्पुर्ण निकायहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]