०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

राजविराजका १८ वर्षिय ग्रीस देव एक सप्ताहदेखि बेपत्ता ,खोजदिन परिवारजनले गरे आग्रह

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देव सातदिन वितिसक्दा समेत अवस्था अज्ञात रहेकोले परिवारले खोजतलासका लागि आग्रह गरेका छन् ।

गत बुधवार दिउँसोदेखि भाइ ग्रीसको अवस्था अज्ञात रहेकोले खोजतलासका लागि दिदी निर्मला देवले आग्रह गरेकी हुन् ।
बेपत्ता भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिदा समेत अहिलेसम्म भाईको अवस्था सार्वजनिक हुन नसकेपछि घरमा चुल्हो बल्न नसकेको उनले दुखेसो सुनाइन् ।

“छोराको चिन्ताले सात दिनदेखि निदाउन सकेेका छैन्न । नत पेटमा अन्न नै जान सकेकोको छ, ग्रीसका बुबा उपेन्द्र देवले भने,´छोराको कलेज,साथीहरू,छिमेकी,आफन्त हरेक ठाउँमा सोधपुछ गरिसके कतै पत्तो लाग्न सकेको छैन् ।”

प्रहरीले पत्तो लगाउँछ भन्ने ठूलो आशा थियो । प्रहरीलाई सोध्दा खोज्दै् छु भन्ने प्रतिक्रिया दिदै आएको छ तर कुनै पत्तो लाग्न नसकेपछि चिन्ता झन बढ्दै गएको बुबा उपेन्द्रको बताए ।

घरमा कोही आयो भने छोरा आयो कि भन्ने लाग्छ । कसैको फोन आउने बित्तिकै छोरा भेटिएको खबर दिएको हो कि भनेर आशा जागेर आउँछ । तर त्यो आशा निराशामा परिणत हुनु बाहेक केही हुन नसकेको ग्रीसको आमाको दुखेसो छ ।
गत बुधबार दिउँसो सवा २ बजे ट्युसन पढ्नका लागि निस्केका ग्रीस अझै सम्म फर्केका छैन्न ।

ग्रीस कक्षा १२ मा राजविराज स्थित रहेको मिसन कलेजमा अध्ययन थिए । उनी निस्केको दिन ज्याकेट,स्वेटर तथा जुत्ता समेत लगाएका थिएनन् । सधैं मोबाइल बोकेर ट्युसन जाने गरेपनि त्यसदिन मोबाइल समेत नबोकी उनी घरबाट निस्केका थिए ।उपेन्द्रका तीन सन्तान दुई छोरी र एक छोरा छन् । ग्रीस सन्तानमा कान्छो हुन् ।

यता उनको परिवारले प्रशासनिक निकाय,मानवअधिकारकर्मी,पत्रकार लगायत हरेक पक्षलाई ग्रीसको खोज तलासका लागि पहल गरिदिन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले सम्पर्कविहीन ग्रीसको खोज तलास जारीरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]