०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

पुर्व प्र.अ पाण्डेयले गरेको लाखौं भ्रष्टाचार रकम दाखिला गर्न पटकपटक पत्राचार

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो।

पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो।पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल भए।

त्यतिबेला गाउँपालिका कार्यालय नरहँदा पूर्व प्र.अ पाण्डेय विद्याको मन्दिरमा अन्य शिक्षकको मिलिजुली लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको हो।

सरस्वती माध्यमिक बिधालयमा तत्कालीन समयमा लाखौं रकम भ्रष्टाचार भएको खबर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई स्थानीयले खबर दिदा छानबिन सुरु गरेको थियोे।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानबिन सुरु गर्दै जाँदा २०७९/०३/३० गतेका दिन पूर्व प्र.अ नवीन कुमार पाण्डेय उपर २ लाख ३३ हजार ४ सय ४१ र उमेश्वर प्र.सिंह उपर ५ लाख ९८ हजार ९ सय ७३ रुपैयाँ भ्रष्टाचार गरेको गरेको हुँदा सो रकम फिर्ता गर्न पटकपटक प्रत्रचार गर्दा पनि कुनै बास्ता नगरेको स्थानीय एक जनाले बताएका छन्। पाण्डेय गत २०७२/०७३/०७४ मा प्रधानाध्यापक बनेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]