०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

नेपाली कांग्रेसका मधेस प्रदेश सम्मेलनको तयारी पुरा

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम पुस ५ र ६ गते हुने प्रथम सम्मेलनको तयारी पुरा भएको हो ।

बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुने कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर लगायत केन्द्रीय पदाधिकारी सहभागी हुने छन् ।

कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको बिहीबार उद्घाटन र शुक्रबार बन्दसत्र हुने प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताए । बन्दसत्रमा प्रदेशका ८ वटै जिल्लाबाट छनौट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सहभागी हुने छन् ।

श्रेष्ठले प्रथम प्रदेश सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनसहित प्रदेश कार्यसमितिले बुधबार पारित गरेको बताए ।

यस्तै कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीको प्रथम प्रदेश सम्मेलनले मधेसको भविष्य निर्माण गर्ने बताए । जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रहेका यादवले प्रदेश सम्मेलन मधेस प्रदेशलाई गरिएको उपेक्षा विरुद्धको दबाबमूलक कार्यक्रम भएको बताए ।

यादवले कानुन नबन्दा संविधानले दिएको अधिकारबाट मधेसलाई वञ्चित गरी उपेक्षा गरिएको बताए । उनले भने, ‘संघीयता विरुद्धका गतिविधि भइरहेको बेला संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन मधेस प्रदेश सम्मेलन आयोजना गरिएको छ । संघीयताको खाँचो मधेस र मधेसका जनतालाई छ ।’

मधेस प्रदेशले पाएको अधिकार कार्यान्वयन गर्न र बन्न नसकेको कानुन बनाउन दबाब दिने सम्मेलनको मुख्य उद्देश्य रहेको यादवले बताए ।

बुधबार बसेको प्रदेश कार्यसमिति बैठकमा नेता शेखर कोइरालाको वरियतालाई लिएर विवाद उत्पन्न भएको थियो । मधेस प्रदेश सम्मेलन उद्घाटन समारोहमा सभापति देउवापछि मर्यादाक्रममा कोइरालालाई राखेको छैन ।

बुधबार बसेको कांग्रेसको मधेस प्रदेश समितिको बैठकले देउवापछि पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई आशन ग्रहण गराउने गरी मर्यादाक्रम मिलाएको छ ।

कोइरालालाई भने केन्द्रीय सदस्यको हैसियतमा आशन ग्रहण गराइने बैठकले निर्णय गरेको छ । उक्त निर्णयप्रति आपत्ति जनाउँदै कोइराला पक्षीय ८ जना नेताले फरक मत राखेका छन् ।‘हामीले शेखर दाईलाई दोस्रो मर्यादामा राख्न बैठकमा कुरा राख्यौं,’ कांग्रेस मधेस प्रदेशका सदस्य रविनराज कोइरालाले भने ,‘तर, हाम्रो कुराको सुनुवाइ भएन ।त्यसपछि हामीले फरक मत राखेका हौँ।’

यसअघि गण्डकी र लुम्बिनी प्रदेश सम्मेलनमा कोइरालालाई देउवापछि दोस्रो मर्यादाक्रममा राखिएको थियो । रविनराजका अनुसार मधेस प्रदेश सम्मेलनमा सहभागी हुन शेखर कोइराला बिहीबार बिहानै जनकपुर आइपुग्ने कार्यक्रम थियो । तर, वरियताका किचलोले शेखर अब सम्मेलनमा सहभागी नहुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]