१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

काठमाडौं। दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको दुईजना पक्राउ गरेको छ ।

चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध जगत बहादुर विष्टले वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ लिएपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगारी विभागमा उजुरी दिएका थिए ।

सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]