०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

मधेस प्रदेश : स्वास्थ्य सेवाका १६० कर्मचारी माग (सूचनासहित)

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले स्वास्थ्य सेवाका १६० कर्मचारी माग गरेको छ।

छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो।

आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै नवौँ तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, ६ जना डेन्टल सर्जन, १० जना एमडिजिपी, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, १२ जना बाल रोग विशेषज्ञ, ९ जना स्त्री तथा प्रसूती रोग विशेषज्ञ, १० जना जनरल सर्जन, १० जना जनरल फिजिसियनसहितका कर्मचारी माग गरेको हो।

आठौं तहको लागि १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागिएको छ।

त्यसैगरी निर्देशनालयले सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ भने छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट माग गरेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]