०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

जनकपुरधाममा आजदेखि कांग्रेसको मधेस सम्मेलन

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८ जनाले बुधबारको बैठकमा फरक मत राखेका थिए।

कोइराला आज सुनसरीको कार्यक्रममा जाने भएका छन्। इनरूवास्थित पार्टी कार्यालयमा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम राखिएको कोइरालाको सचिवालयले जनाएको छ।

कोइरालालाई मधेस सम्मेलन उद्घाटन सत्रमा विशिष्ट अतिथि बनाउनुपर्ने माग उनी पक्षका ८ नेताले राखेका थिए।

‘कांग्रेस मधेस प्रदेशको सम्मेलनमा नेता शेखर कोइरालालाई विभिन्न बाहना बनाएर बेवास्ता गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेसका नेता रञ्जित कर्णले भनेका छन्, ‘एकलौटी रूपमा अगाडि बढ्नु भनेको कांग्रेस र मधेसको एकतामा अवरोध ल्याउनु हो। कांग्रेसको मूल्य, मान्यता र परम्परालाई मध्यनजर गर्दै अगाडि बढ्नु नै समग्र पार्टी एकताको मूल सन्देश हुनेछ।’

शेखरलाई लुम्बिनी र गण्डकी कांग्रेस सम्मेलनमा देउवापछिको वरीयता दिँदै विशिष्ट अतिथि बनाइएको थियो।बिहीबार उद्घाटन र शुक्रबार बन्द सत्र हुनेछ। बन्द सत्रमा आठ सय २५ जना प्रतिनिधि सहभागी हुने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

उनकाअनुसार राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट संशोधनसहित पारित भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]