०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

अधिकार नदिए चाँडै सिंहदरबार घेर्न आउँछौँ : सभापति यादव

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे ।

बिहीबार कांग्रेसको मधेस प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए ।

‘प्रदेश सरकारसँग अधिकार छैन । संविधानले, कानुनले दिएको अधिकार पनि संघले अधिकार दिएको छैन । हामीले प्रधानमन्त्रीसँग पटक–पटक अधिकारका विषयमा कुरा गरेका छौँ । तर अधिकार पाएनौँ,’ उनले भने, ‘हामीसँग प्रहरी छैन । कर्मचारी छैनन् । यदि अब पनि प्रदेशलाई अधिकार नदिने हो भने हामी राजनीतिक प्रस्ताव पास गरेर सिंहदरबार घेर्न आउँछौँ ।’

उनले मधेसमा कांग्रेस कमजोर हुँदा नेपाली कांग्रेस कमजोर हुने र कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने स्थिति बन्ने गरेकाले मधेसलाई विशेष रुपले हेर्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]