०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेश कांग्रेसको गढ रहेको भन्दै सहमहामन्त्रीले दिए मुख्यमन्त्रीलाई कडा चेतावनी

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मनपरी नगर्न चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहिवार कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहमहामन्त्री यादवले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्री यादव नचलेको आरोप लगाए ।

बारामा कांग्रेस कांग्रेस कार्यकर्ताको हत्या भएकोमा सहमहामन्त्री यादव मुख्यमन्त्री यादवमाथि आक्रोश पोखे । उनले कांग्रेस कार्यकर्तालाई केहि भयो भने चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

उनले मधेश प्रदेश नेपाली कांग्रेसको गढ रहेको पुष्टि आजको उपस्थितले देखाइदिएको दावी गरे । उनले आग्रह गरे- संघीयता मजबुत पार्नुछ भने हाम्रो पार्टी सभापति देउवालाई मजबुत पार्नुस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]