२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

शिक्षक पनि मिटरब्याजी : जो तलब सरकारी खान्छन्, काम निजीमा गर्छन्

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, पुष ०६, २०८०

सिरहा । शिक्षकको काम पढाउने मात्र हुँदैन । समाजलाई सही दिशामा डोर्‍याउने दायित्व पनि शिक्षकको हुन्छ । तर, कतिपय शिक्षकहरू आफ्नो विवेक समाज बनाउनका लागि नभई दोहनका लागि प्रयोग गरिरहेका छन् ।

यसको उदाहरण हुन्, सिरहा मिर्चैया नगरपालिका ७ का बासिन्दा सुरेन्द्र यादव । उनी कल्याणपुर नगरपालिका-११ मा अवस्थित रामदुलारी उमाविमा कार्यरत शिक्षक हुन् ।

तर, शिक्षक भएपनि मधेशलाई खोक्रो बनाएको र अहिले चर्चामा रहेको अवैध मिटरब्याज धन्दा उनीसमेत चलाइरहेका छन् । उनीबाट सर्वसाधारणको त के कुरा, जनप्रतिनिधि नै पीडित छन् ।

करिब ४ वर्षअघि कल्याणपुर ४ का तत्कालीन वडाध्यक्ष दिलीप कुमार यादवले उनीसँग २ लाख ५० हजार ऋण लिए । उनी त्यसबापत १ लाख ८० हजार फिर्ता पनि गरिसकेका छन् ।

आर्थिक रूपले समस्यामा परेका दिलीपले उनलाई कानुन नै आइसकेको अवस्थामा मिलाएर लिइदिन पटकपटक आग्रह गरिरहेका छन् । तर, उनी सयकडाको अढाई रूपैयाँको दरले ब्याज मागिरहेका छन् । शिक्षक यादवबाट पीडित बनेकाहरू अझै भएपनि डरले खुलेका छैनन् ।

आर्थिक शोषणको यो धन्दामा शिक्षकहरू पनि संलग्न रहेकोे यिनी त उदाहरण पात्र मात्र हुन् । शिक्षकका भेषमा यस्तै थुप्रा शोषकहरू छन्, जो समाजलाई दिनुको साटो समाजबाट लिइरहेका छन्, समाजलाई चुसिरहेका छन् ।

यतिमात्रै होइन, सरकारी शिक्षक भएपनि उनी निजी विद्यालयहरूमा बढी समय बिताउने गरेका छन् । नामका लागि सरकारी विद्यालयमा हाजिर हुने, त्यसपछि उनी निजीतिर लाग्ने गरेको नाम नबताउने शर्तमा एक विद्यार्थीले बताए ।

उनी मिर्चैयास्थित टाइम्स स्कुल र कल्याणपुरस्थित ब्राइट फ्युचरमा विद्यालयमा पनि काम गरिरहेका छन् । उनको विषयमा सबैलाई थाहा छ । तर, आफूलाई सुरक्षित राख्न उनले स्थानीय सरकारको सत्तामा जो आउँछन्, उसैको भक्तीमा लाग्ने गरेको स्थानीय बताउँछन् ।

मिर्चैयाका चिया पसलहरूमा बसेर नैतिकता, सिद्धान्त र आदर्शका गफ दिने उनको यथार्थ सरकारी तलब खाएर राज्य र सामुदायिक विद्यालयका विद्यार्थीसँग उनले गरिरहेको बेइमानी र आर्थिक शोषणको मिटरब्याज धन्दा चलाएर समाजसँग उनले गरिरहेको अपराधले प्रष्ट पार्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]