२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

अवसरवादीहरुले जनकपुरधाममा जातीय द्धन्द फैलाउने खतरा बढाउदै

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

जनकपुरधाम ।केहि अवसरवादीहरुको कारण जनकपुरधाम जातीय द्धन्दमा फस्ने खतरा बढेको छ ।

जनकपुरधाममा भइरहेको एडीवी परियोजना अन्तरगतको सडकको काम अन्तरगत सडक फराकिलो गर्ने कार्यमा केहि कथित युवा अभियन्ता भनाउदोहरुले केहि जातीहरुले मन्दिरको पर्खाल हटाएर सडक फराकिलो गरिदै भनेर झुठो हल्ला फिजाएर जातीयकरण गरेको भन्दै द्धन्दमा फसाउने काम गरेको आरोप लागेको छ ।

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जनकपुरधाममा बाकि रहेका सडकहरुलाई यथासिघ्र पुरा गर्ने अभिप्रायका साथ बाकि रहेका जानकी मन्दिरको पुर्वपटिको सडकलाई फराकिलो गर्ने क्रममा मन्दिरका पर्खाललाई केहि सारेर सडकलाई फराकिलो वनाउने कोशिस गरेपछि केहि युवा अभियन्ताहरुले त्यसलाई मुद्दा वनाएर समाजीक संजाललाई तताउने प्रयास गरेको छ ।

जानकी मन्दिरलाई वल्र्ड हेरिटेजमा सामेल गराउनका लागि चाहिने मापदण्डलाई मध्यनजर गर्दै सडक फराकिलो वनाउन गइरहेको जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले भने जानकी मन्दिरका साहायक महन्थ रोशन दाससंग सहकार्य र सहमती पश्चात नै जानकी मन्दिरको पर्खाललाई सारेर पुनः पर्खाल वनाउने सहमतीका साथ नै काम अगाडी बढाइएको मेयर साहको भनाई रहेको छ ।

यता जानकी मन्दिरका सहायक महन्थ रोशन दासले जनकपुरधामको मुख्य केन्द्रविन्दु नै रहेको जानकी मन्दिरको अगाडीको सडक नबनेकोले फोहरबाट उन्मुक्ति दिलाउनैका लागि सडक फराकिलो होस भन्ने अभिप्रायले पर्खाल सार्नका लागि सहमती गरिएको वताए । उनले यसमा कुनै किसीमको राजनीति नरहेको वताउदै विकासको काममा केहि न केहि विनाश हुने र पछि गएर शहर पनि सुन्दर हुने भएकोले विकासको काममा राजनीति गर्नु नहुने वताए ।

जानकी मन्दिर अगाडीको सडकलाई फराकिलो वनाउने क्रममा केहि कथित अभियन्ताहरुले समाजीक सदभाव विगार्ने प्रयास गरेपछि मधेश अधिकार संघर्ष समििितका संयोजक धर्मेन्द्र कुमार साहले आपती जनाएका छन । उनले समाजीक संजालमा प्रतिक्रिया जनाउदै केहि युवाहरुले समाजीक सदभाव विगार्ने प्रयास गरेको आरोप लगाएका छन । उनले भनेका छन ः राम मन्दिरको पर्खाल तोडिदा र सडक वनाउनै कै क्रममा गोरधोई पोखरीलाई आधा जती पुरिदा त्यस्ता अभियन्ता भनाउदाहरु काहा थिए ।जनकपुरधामका सयौ विघा गुठीका जग्गाहरु भुमाफियाका चक्करमा विलिन हुदा अभियन्ताहरु कता हराएको भनेर प्रश्न समेत गरेका छन ।

जनकपुरधामको विकास निमार्णको क्रममा जनकपुरधामका नगरवासी देखि लिएर व्यवसायीहरुको करोडौको क्षति भएको छ तर त्यस क्षतिमा एकल जातीको क्षति भएको भन्दै आवाज सम्म नउठाएका अभियन्ता भनाउदाहरुले मन्दिरबाट केहि अभियन्ताहरुको खाई पाई आउनेमा कमी हुन गइरहेकोले मन्दिरको अगाडी भईरहेको विकास निमार्णमा विरोध जनाएर जातीय द्धन्द फैलाउने खतरा वढाउदै लगेको आरोप लगाइएको छ । साभार: CIN Nepal

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]