०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको म्याद नै समाप्त भएको डा.राउतले गरे खुलासा

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, पुष ०६, २०८०

राजविराज ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा.राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् ।

प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक संजालमा लेखेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइ सकेको थियो । अर्थात् म निर्वाचित हुनु एक÷डेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।”

“रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०” लेखाई पुनः प्रक्रिया सुरु अध्यक्ष डा.राउतले प्रतिष्ठान सम्बन्धी सबै प्रक्रिया अहिले ’जिरो’ बाट शुरू गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गरेका छन् । उनले आफ्नो पहलमा दशैं अगाडि नै नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाउन लगाएर कानून मन्त्रालयमा पठाउन लगाइसकेको जिकिर गरेका छन् ।

डा. राउतले अगाडी लेखेका छन्, “पछिल्लो २÷३ महिनादेखि दिनहुँ मन्त्रालयमा हाम्रा सहयोगी यो काम गराउन लागि परेका छन्, आफैंले फाइल यो मन्त्रालयबाट त्यो मन्त्रालय पु¥याउँदा पु¥याउँदै पनि यति समय लाग्यो । यसमा प्रधानमन्त्रीज्यूको पनि दोष देख्दिन, उहाँले मेरै अगाडि कामको स्टेप–स्टेपमा मन्त्रीज्यूहरूलाई ४÷४ पटक फोन गरेर काम बढाउन दबाब दिनु भएकै हो, उहाँलाई पनि धन्यवाद छ ।”

सामाजिक संजालमै उनले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६÷७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गरेका छन् । त्यस्तै आ.व. २०७७÷७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८÷७९ मा बजेट नरहेको (समितिको म्याद सकेर परियोजना बन्द भइसकेको) जानकारी दिएका छन् ।

अन्तमा उनले लेखेका छन्, “यो योजना सप्तरीकै गौरवको योजना हो । हामी यसप्रति सजग मात्रै होइन, यस कामलाई पूरा गराउन दिनरात लागि परेका छौ ं।”

यता जिल्लाकै बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै विगत ७० दिनदेखि स्थानीयहरुले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् ।

शिलान्यास भएको २५ महिना वितिसक्दा पनि सुरु हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागँ अघि सार्दै गत असोज २६ देखी रिले अनशन सुरु भएको होे ।

स्थानीयहरुको सोही आन्दोलनलाई समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा गरेका थिए । जसअन्तरगत राजविराजमा दबाबमूलक ¥याली, विभिन्न सभा तथा हस्ताक्षर अभियान गरेका थिए । हस्ताक्षर अभियान अन्तरगत १० हजार व्यक्तिले गरेको हस्ताक्षर संकलन गरि युथ नेपालको एक टोली काठमाडौं पुगि प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन ।

एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]