१० चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

धनुषामा मण्डलको मृत्यु : सुगानिकासका इञ्चार्ज ठाकुरलाई जिल्ला तानिए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् ।

उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यस क्रममा प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको एसपी शर्माको भनाइ छ । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको उनले बताए ।

बिहीबार राति पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपनारायणको विवाद भएको थियो । स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सर्ई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पता लैजाँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दाबी छ ।

तर, एसपी शर्माले भने प्रहरीले पक्राउ गरेर इलाकामा ल्याएर कुटपिट गरेको र त्यस कारणले मृत्यु भएको घटनामा कुनै सत्यता नरहेको दावी गरे ।

‘दुई पक्षबीच विवाद भएपछि राति साढे ८ बजेतिर प्रहरी दुबै पक्षलाई इलाकामा लगेको थियो । त्यहाँ पछि छलफल हुने गरी कागजात गराइयो । दुबै पक्ष घर फर्कियो । र अचानक मण्डल सिकिस्त हुँदा अस्पताल पुगेपछि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको हो’, एसपी शर्माले भने ‘बिहानै केही व्यक्तिले प्रहरीले कुटपिट गरेकै कारकण मृत्यु भएको भनेर भ्रम फैलाएपछि स्थानीयले कार्यालयमाथि ढुंगामुढा तोडफोड गरेका हुन् ।’

प्रहरीले मण्डललाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा ठाकुरलाई पक्राउ गरेको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]

सिराहा : औरही गाउँपालिका सिराहामा महायज्ञको नाममा स्थानिय दलित समुदायका परिवारलाई उठिबास गराएको समाचार बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको छ। हिजो बिहीवार कान्तिपुर पत्रिकामा समाचार सम्प्रेषण भए पछि संसद भवनमा एक पछि अर्को गरी लगभग १३/१४ जना सांसदहरुले घटनामा सँगलग्न व्यक्तीहरुलाई कारवाही गर्न माग गरे। लगत्तै राष्ट्रिय मानव अधिकार आयोग , दलित आयोग बाट […]

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]