०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

उखु कृषकलाई ८० करोड अनुदान गरे भुक्तानी

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

काठमाडौं ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो।

बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा कृषकको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए।

सरकारले उखु कृषकको संरक्षण र कृषि व्यवसाय प्रवद्र्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ। चालु आवका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम रु ७० निर्धारण गरिएको छ।

विभिन्न उखु उत्पादन हुने जिल्लाका कृषकबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासङ्घ, चिनी उत्पादक सङ्घलगायतका सरोकारवालाको सुझाव समेतलाई विश्लेषण गरी प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्विन्टल न्युनतम खरिद मूल्य रु पाँच सय ६५ सिफारिस गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सांस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ। भोलि शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे सह-आयाेजक एस. राज प्रोडक्सनसले जनाएको छ ।यस कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह-आयाेजकले जनाएको छ । जनता नमूना मावि गिद्वा […]

काठमाडौं । बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै जिम्मेवारी पनि पाएका हुन्। अधिकारीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी पाएका […]

म्याग्दी। बेनी नगरपालिका-६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका-६ को ढलेढुङ्गा-डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी-६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी […]