२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

भारतबाट उद्धार गरिएका ८ बालक परिवारको जिम्मा लगाइयो

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

रौतहट । रौतहटको विभिन्न पालिकामा घर भई लामो समय देखि भारतको मुम्बई स्थित बालगृहमा रहेको ८ जना बालकलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।

स्थानीय दुर्गाभगवती गाउँपालिका, ईसानाथ र राजपुर नगरपालिका लगायत स्थानीय तहका ८ बालकहरूलाई शनिवार अभिभावकको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा बालकहरूलाई अभिभावकको जिम्मा लगाइएको हो lविगत करिब ४ महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिका राखिएको थियो ।उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्षा उमेर समूह रहेका थिए ।

विभिन्न बहानामा भारतको मुम्बई पुगेका ति बालकहरू विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ती बालकहरूको उद्धार गरेको थियो ।उद्धार पछि ती बालकहरूलाई मुम्बईमा रहेको बाल गृहमा राखिएको थियो । १८ वर्ष उमेर नपुगे सम्म बालबालिकालाई काममा लगाउनु गैर कानुनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरूमा कारबाही गर्दै आएको छ ।

नेपालका बालकहरू बाल गृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकहरूलाई परिवारको जिम्मा लगाइएको छ । ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, र जिल्ला स्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकहरूको उद्धार गरिएको थियो ।

उद्धारको क्रममा मुम्बई पुगेकी ग्रामीण विकास केन्द्र नेपाल रौतहटका कोषाध्यक्ष ममता झाले बालकहरूलाई परिवारको जीमा लगाउन पाउँदा निकै खुसी लागेको बताइन् ।आफ्नो छोरा पाएपछि स्थानीय दुर्गाभगवती गाउँपालिका वार्ड ३ मत्सरीका प्रमोद राउत अब उप्रान्त आफ्नो छोरालाई विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]