०२ साउन २०८३, आइतबार
19-07-2026 , Sun
×

भिजिट भिसामा मानव तस्करी : थप एकजना ट्राभल्स सञ्चालक पक्राउ

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

काठमाडौं । भिजिट भिसा हुने मानव तस्करी प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका उनलाई नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीलाई पुस ५ गते काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ।

भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाइ छ।

सो मध्ये २४६ कागजात नक्कली +2 को सर्टिफिकेट, श्रम स्वीकृति, नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]