१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

राजविराजबाट ११ दिनदेखि बेपत्ता रहेका देव घर फर्किए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

राजविराज । सप्तरीको राजविराज नगरपालिका -५ घर भएका १७ वर्षीय गिरिष देव ११ दिनपछि घर फर्किएको छ।

उनले ११ दिन अगाडि घरबाट कोचिङ पढ्न भनी हिँडेका थिए। देव ११ दिनमा शनिवार घर फर्केका छन् । गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।

आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर अघिल्लो दिन फोन गरेका गिरिश शनिवार घर आइपुगेका हुन् ।

गिरिश घर फर्केपछि अभिभावकसहित शनिवार जिल्ला प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गरी परिवारको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले बताए ।उनको परिवारजनले गिरिशलाई खोजतलास गर्न सबैलाई हारगुहार गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]