२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

शहिदनगर नगरपालिकाका न्यायीक समितिले अन्याय गरेको आरोप

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका न्यायीक समितिले कुनै पार्टीका सदस्य भएकै कारण झुठा मुद्दा लगाएर फसाउने प्रयास गरेको आरोप लगाइएको छ ।

समाजवादी पार्टी शहिदनगर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा शहिदनगर नगरपालिका का न्यायीक समितिले दोषीलाई बचाउन दोष्ीहरुसंग निवदेन लिई झुठा मुद्दा चलाई समाजवादी पार्टीमा लागेकै कारण पटक पटक प्रहरी पठाई निर्दोष व्यक्तिमाथि गर्दै आएको अन्यायको घोर भतर्सना गरेको छ ।

जारी विज्ञप्तीमा शहिदनगर नगरपालिकाका वार्ड नं ८ विसरभोरा टोल वस्ने गुरुदेव दास तत्माको छोरा श्याम दास तत्मालाई समाजवादी पार्टीकै कार्यकता भएको कारण साउन २० गते राती आठवजेको को समयमा नेकपाका कार्यकर्ताहरुले घरमा गई पिटपाट गरेको र पिटपाटमा संलग्न नेकपाका सोहि वार्डमा वस्ने पाण्डव कुर्मी,रामचन्द्र दास तत्मा,राजा राम दास र रविन दास तत्मा समेतमाथि न्यायीक समितिमा उजुरी दिन जादा श्याम दासको उजुरी नलिएर उल्टै दोषीहरुको उजुरी लिएर न्यायीक समितिले पार्टीको चस्मा बाट हेरी सत्य तथ्य पता नलगाई राजनीतिक प्रतिसोध साध्ने प्रयास गरिएको उल्लेख गरिएको छ ।

न्यायीक समितिको मुल उदेश्य नगर भित्रको जनतालाई सर्वसुलभ काखापाखा नगरि न्याय प्रदान गर्ने उदेश्य प्राप्तीको लागि न्यायीक समितिको परिकल्पना र स्थानिय सरकार संचालन ऐन २०७४ को मुल्य र मान्यता विपरित संचालन भइरहेको न्यायीक समितिको घोर भत्र्सना समेत पार्टीले गरेको छ ।

साथै न्यायीक समितिले समाजवादी पार्टीमा लागेको सर्वसाधारण जनतालाई पुनः यस्तै गरी दुख दिए समाजवादी पार्टी चुप लागेर नबस्ने चेतावनी दिदै यस्तै रहे वाध्य भएर आन्दोलनमा जान प्रतिवद्ध हुने नगर उपाध्यक्ष रामसुन्दर यादव,जीवन कुमार रोहिता र मनोज कुमार यादवद्धारा संयुक्त विज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]