११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पिपरा-४: जनमतको अधिवेशनबाट अध्यक्षमा कापर चयन

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

जनकपुरधाम । जनमत पार्टी महोत्तरीले पिपरा गाउँपालिका – ४ मा दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ।

शनिबार पार्टीका नेता देवेन्द्र कापरको अध्यक्षतामा भएको दोस्रो वडा अधिवेशन जनमत पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य अंजनी देवी मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरेकी हुन् ।

सो अधिवेशनबाट वडा अध्यक्षमा देवेन्द्र कापरको नेतृत्वमा २१ सदस्यीय वडा समिति सर्वसहम्मतबाट चयन गरेका छन् ।उक्त समितिको महिला उपाध्यक्षमा मिरा देवी साह,पुरुष उपाध्यक्ष सुनिल कापर,सचिवमा राम शरण कापर,सहसचिवमा संजिव भण्डारी र कोषाध्यक्षमा शोभा देवी महरालाई चयन गरेकी छिन् ।

त्यसैगरी ,समितिको सदस्यमा पुनम देवी कापर,सीता भण्डारी ,गंगिया देवी,राम औतार पासवान,हबिब कबाडीसहित २१ सदस्यीय वडा समिति दोस्रो वडा अधिवेशनबाट चयन गरेको छ।

सो कार्यक्रममा पार्टीका अधिवेशन प्रतिनिधि दिपेन्द्र ठाकुर , फुलचन मुखियासहितका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]