२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नगरप्रमुख र उपप्रमुख बिच द्वन्द्व : उपप्रमुखको सवारीमा मध्यराति आगजनी

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष ०८, २०८०

जनकपुरधाम ।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनि गरिएको प्रहरी निरीक्षक यादवले बताए । गाडीको टायर बलेर गन्हाएपछि गाडीमा आगो लागेको छिमेकीले थाहा पाएका थिए । आगो लागेको केहि बेरमै छिमेकीले देखेका कारण गाडीको पछाडिको टायर र केही बाहिरी भागमा मात्र क्षति भएको प्रहरी निरीक्षक यादवले बताए । स्थानीयले नै आगो निभाएका थिए ।

यता उपप्रमुख महतोले गौशाला नगरपालिकाका कर्मचारी र जनप्रतिनिबाटै आफू असुरक्षित भएको बताएकी छिन् । कार्यकक्षमै आक्रमण, कार्यपालिका बैठकमा जनप्रतिनिधिबाटै हातपातको प्रयास हुनु, गाडीको चालकलाई बिना जानकारी हटाउनु र गाडीमा आगो लगाउने घटनाले आफू असुरक्षित भएको महतोले बताइन् । गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट नगरप्रमुख डा. दीपेन्द्र महतो र उपप्रमुखमा रेनुकुमारी महतो बिच द्वन्द्वका कारण प्रमुखका आफन्तले केही समय अघि कार्यकक्षमै गएर हातपात गर्न खोजेका थिए । उपप्रमुख महतोलाई कार्यकक्षमै भौतिक आक्रमण गर्दा गाडी चालकले बचाएका थिए । कार्यकक्षमा उपप्रमुखलाई आक्रमणबाट बचाएको भन्दै नगरप्रमुखले वडा अध्यक्षहरुलाई बोलाएर उपप्रमुखको गाडी चालक नारेन्द्र महतोलाई साउन २८ गते हटाउने निर्णय गरी गाडी खोस्ने प्रयास गर्दा दुई पक्ष बिच नगरपालिकामा झडप समेत भएको थियो ।

एउटै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुख बीचको द्वन्द्वका कारण कार्यलयको बैठक वा सार्वजनिक कार्यक्रमहरुमासँगै बस्दा समेत बोलचाल हुँदैन । निर्वाचनमा सँगै हात छोडेर मत मागेका नगरप्रमुख र उपप्रमुख निर्वाचित भएदेखि सुरु भएको मनमुटाव सुरु भएको हो ।

गौशाला नगरपालिका–२ मा निर्माणधिन धर्माशाला निर्माण रोक्का सम्बन्धी जिल्ला प्रशासन कार्यालय महोतरीको पत्र पाएर अनुगमन गरेको र वडा अध्यक्षलाई छलफलका लागि बोलाएकी उपप्रमुखलाई नगरप्रमुखको भाइ नातामा पर्ने आफन्तले अनुमति बिना गाउँमा जान नमिल्ने भन्दै आक्रमण गरेका थिए ।

आक्रमणमा संलग्नहरु विरुद्ध जिल्ला प्रशासनमा मुद्दा दर्ता छ । आफन्तमाथि मुद्दा लागेपछि नगरप्रमुखले उपप्रमुखमाथि मुद्दा दर्ता गराउन कर्मचारीलाई नै प्रयोग गर्न खाजेको एक अधिकृतले बताए । योजनाको फाइलका विषयमा कर्मचारीलाई कुटपिट गरेको भन्दै प्रमुखकै योजनामा कर्मचारीले आन्दोलन समेत गरे । उपप्रमुख महतोले नदी उत्खनन् अनुगमन, नदी उत्खनन् ठेक्का, बजार ठेक्का, भवन निर्माण अनुगमनमा कडाइ गर्दा नगरप्रमुखसँग द्वन्द्व बढेको हो ।

गौशाला नगरपालिका–१ मा इन्जियरिङ भवन निर्माणमा अख्तियारले कर्मचारी र जनप्रतिनिधिसँग जवाफ मागेको छ । योजनामा पटकपटक भुक्तानी भएको र अध्ययनका लागि फाइल माग्दा फाँटका कर्मचारी र प्रमुख प्रशासकिय अधिकृतले फाइल दिन आलटाल गरेको उपप्रमुख महतोले बताइन् ।

‘योजना अनुगमनको जिम्मेवारी पाएकी उपप्रमुखलाई कर्मचारीले कुनै फाइल नै दिँदैन,’ उपप्रमुख महतोले भने, ‘फाँटमा जाँदा कर्मचारी ताल्चा लगाएर बाहिर जान्छ । प्रशासकिय अधिकृत शम्भु ठाकुर त फोन समेत उठाउँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]