२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रमुख प्रशासकीय अधिकृत अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Logo
न्यूजमधेश प्रकाशित आइतबार, पुष ०८, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीको पोखरी ठेक्का लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा वडाध्यक्ष कामेश्वर कापर, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी र ठेकेदारहरु मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक पोखरी ठेक्कामा लगाएवापत दोस्रो वर्षको रकम ५ लाख ५५ हजार रुपैयाँ राजस्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष कापरले आफैंसँग राखेको पाइएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै ठेकेदारहरुले नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगर्दा पनि निरन्तर किस्ता दिएको भनी वडाध्यक्ष कापरले हंसपुर गाँउपालिका- १ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्ने गलत व्यहोरा बनाएको अख्तियारको भनाइ छ ।

ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले उक्त पोखरी ठेक्कामा लिएवापतको रकम नबुझाई नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको भनाइ छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले नगरकार्यपालिकाको बैठकले निर्णयमा नगरेको कुरा गरेको भनी सरकारी कागज सच्याएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]