१० फाल्गुण २०८०, बिहिबार
22-02-2024 , Thu
×

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही पुगेका छन्। उनलाई रुपन्देहीमा अभिनन्दन कार्यक्रमको तयारी गरिएको छ।

आइतबार अपराह्न बुद्ध एयरको बिमानबाट भैरहवा पुगेका शाहलाई स्वागत गर्न गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा सर्वसाधारणको भीड लागेको थियो।

शाह करिब १२ दिन भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने बताइएको छ।

उनको अभिनन्दनका लागि पूर्व एमाले नेता डा। रामप्रसाद बस्यालको नेतृत्वमा तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् । ‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर […]

काठमाडौँ । विश्वभर छरिएर रहेका मधेसीहरूको छाता सङ्गठन गैरआवासीय मधेशी सङ्घ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा डा.श्यामबाबु महतो चयन भएका छन्। पाँचौँ महाधिवेशनबाट महतोको अध्यक्षतामा ५४ सदस्यीय अन्तर्राष्ट्रिय कार्यसमिति चयन भएको हो। जनमत पाटीका अध्यक्ष डा.चन्द्रकान्त राउतको प्रमुख आतिथ्यमा सम्पन्न पाँचौँ महाधिवेशनबाट कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा ई. विजयकुमार यादव, ई. धिरजकुमार साह, […]

जनकपुरधाम । धनुषाको बिहेद नगरपालिकाका ईन्जिनियर जयनाथ अधिकारी जनमत पार्टी प्रवेश गरेका छन् । बिहीबार जनमत पार्टी जनकपुरधामस्थित रहेको सचिवालयमा ईन्जिनियर अधिकारीलाई पार्टी प्रवेश गराइएको छ। ईन्जिनियर अधिकारीलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीको सदस्यता प्रदान गर्दै उनलाई पार्टीमा भित्र्याएको छ। पार्टी प्रवेश गरेका ईन्जिनियर अधिकारीलाई जनमत पार्टीकी केन्द्रिय […]