२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

सांसद कोइरीको निलम्बन फुकुवा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो।

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्।

कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो। कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।

महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले प्रहरीको फरार सूचीमा रहेकै बेला पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए भने गत २०७९ पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]