१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

महोत्तरीमा लागूऔषधसहित एक जनालाई सशस्त्र प्रहरीले लखेटेर समात्यो

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । महोत्तरीको मटिहानी गान्धीगल्ली सीमा ईलाकामा सशस्त्र प्रहरीको टोलीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मटिहानी २, बरदाहाका ५२ वर्षीय अनवर शेख छन् । उनलाई ईलाकामा बोर्डर आउट पोष्ट मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रेम बहादुर भुजेलको कमाण्डको टोलीले पक्राउ गरेको हो ।

शेखको साथबाट लागूऔषध डाईजापाम ईन्जेक्सन ५५६ वटा, प्रोमेन्थाजाईन ईन्जेक्सन ६४० वटा र ब्रुफ्रेनरफिन ईन्जेक्सन ४९८ वटा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेड क्वार्टर महोत्तरीले जनाएको छ ।

शेखले भारतबाट उक्त प्रतिबन्धित ईन्जेक्सनहरु निलो झोलामा बोकी ल्याएका थिए । सशस्त्र प्रहरीको टोलीलाई देख्नेबित्तिकै भाग्न खोजेपछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्रतिवन्धित लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

शेखलाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वरमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]